बाबुराम भट्टराईद्वारा गोरखा–२ बाट चुनाव लड्ने घोषणा

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले फागुन २१ को आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह ‘खुलेको आँखा’ लिएर निर्वाचनमा होमिने निर्णय गरेको बताए । सामाजिक सञ्जालमार्फत उनले आइतबार सार्वजनिक गरेको घोषणामा गोरखा–२ का पार्टीसाथीहरू, आम मतदाता तथा अन्य दलभित्रका शुभचिन्तकहरूको जोडबलका कारण उम्मेदवारी दिने निर्णयमा पुगेको उल्लेख गरेका छन्। साथै देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई पनि आफ्नो निर्णयको प्रम...