झापा २ मा पूर्व सभामुख र उपसभामुख उम्मेदवार !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनका लागि झापा जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ । स्रोतका अनुसार झापा क्षेत्र नम्बर १ बाट निशा डाँगी, क्षेत्र नम्बर २ बाट इन्दिरा राना मगर र क्षेत्र नम्बर ३ बाट प्रकाश पाठकलाई उम्मेदवार बनाउने निर्णय भएको छ । त्यसैगरी, क्षेत्र नम्बर ४ बाट पार्टीका जिल्ला सचिव शम्भु ढकाल ‘सुस्केरा’ र क्षेत्र नम्बर ५ बाट बालेन्द्र शाह (बालेन)लाई रास्वपाले उम्मेदवार बनाउने भएको हो । पार्टीका एक नेताका अनुसार यो ...