कोशीको बाँकी क्षेत्रमा पनि एमाले उम्मेदवार टुंगियो

४ माघ, काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशका बाँकी क्षेत्रहरूमा पनि उम्मेदवार टुंगो लगाएको छ । शनिबारको सचिवालय बैठकले अधिकांश क्षेत्रको उम्मेदवारबारे निर्णय गरेको थियो । बाँकी रहेको क्षेत्रहरूमा पनि उम्मेदवार टुंगिएको प्रदेश इन्चार्ज शेरधन राईले बताए । पार्टी सचिव राईका अनुसार मोरङ–६ मा विनोद ढकाल र मोरङ–५ मा मनिष अग्रवालले टिकट पाएका छन् । […]