प्रतिनिधिसभा निर्वाचनका लागि कोशीका सांसदहरूको राजीनामा सिटौलाले बुझाए, भण्डारीले भोलि दिने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न कोशी प्रदेशसभाका सदस्यहरूले पदबाट राजीनामा दिन थालेका छन्। यसै क्रममा झापा निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य भक्ति प्रसाद सिटौलाले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। सिटौलाले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने तयारी गरेसँगै पदबाट राजीनामा दिएका हुन्। उनले आजै आफ्ना स्वकीय सचिव प्रवीण रिमालमार्फत सभामुख अम्बर बहादुर विष्टको सचिवालयमा राजीनामा पत्र बुझाएका छन्। सभामुखका स्वकीय सचिवले उक्त राजीनामा पत्र बुझ...