काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएको विषय कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यपालिका बैठकमार्फत जानकारी गराएकी छन् । आजकै मितिदेखि लागू हुने गरी प्रमुख शाहले राजीनामा दिएपछि कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्दै डंगोलको अध्यक्षतामा कार्यपालिका बैठक बसेको हो। बैठकमा कार्यवाहक प्रमुख डंगोलले प्रमुखका रूपमा शाहले महानगरको विकास, सुशासन र सहरी व्यवस्थापनमा पुर्याएको योगदानको प्रशंसा गर्दै पदमा नरहे पनि उनीबाट निरन्तर सल्लाह र सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरिन्। साथ...