मनोनयनको मिति सार्नेबारे आज निर्णय भएन

 माघ ६ गतेका लागि तय भएको उम्मेदवार मनोनयनको मिति सार्ने विषयमा निर्वाचन आयोगमा आइतबार छलफल भएको छ । तर यसबारे आज कुनै निर्णय नभएको आयोग उच्च स्रोतले बतायो ।  नेपाली कांग्रेसको आधिकारिकता विवाद र सर्वोच्चमा परेको रिटका कारण मनोनयन मिति सार्न दबाब परे पनि आज यस विषयमा कुनै निर्णय नभएको स्रोतको भनाइ छ ।   स्रोतले भन्यो, 'मनोनयनको मिति सार्नेबारे आज कुनै निर्णय भएन ।' यद्यपि, आयोगभित्र केही लचकता अपनाउने विषयमा भने अनौपचारिक छलफल चलेको स्रोतको भनाइ छ।