आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्थानीय तहका तीन जना मेयर (मेयर)हरू यस पटक सङ्घीय संसदको यात्रामा निस्किएका छन्। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, मोरङ रङ्गेली नगरपालिकाका मेयर दिलीप अग्रवाल र इलाम सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई प्रतिनिधिसभाको दौडमा रहेका हुन् । दुई जनाले टिकट पाइसकेका छन् भने एक जनाको बाँकी रहेको छ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने घोषणा गरिसकेका छन्। कुनै बेला धरानका सडकमा एक्लै वा सानो ...