समानुपातिकतर्फका ३२१३ उम्मेदवारको बन्दसूची सार्वजनिक

 निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न राजनीतिक दलहरूले पेस गरेको बन्दसूची सार्वजनिक गरेको जानकारी दिएको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ५७ वटा निर्वाचन चिह्नमा ६३ वटा राजनीतिक दलबाट पेस भएका कुल ३ हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको छ। उक्त सूची प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम सार्वजनि...