नेकपा (एमाले) ले दाङ क्षेत्र नम्बर २ बाट पार्टी महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेललाई उम्मेदवार मनोनयन पत्र प्रदान गरेको महासचिवको सचिवालयले जनाएको छ । शनिबार बसेको सचिवालय बैठकले दाङ क्षेत्र नम्बर २ को उम्मेदवार टुङ्ग्याउने सम्पूर्ण जिम्मेवारी पार्टी अध्यक्ष ओलीलाई प्रदान गरेको थियो । सोही अनुसार ओलीले महासचिव पोखरेललाई उम्मेदवार बनाउने टुङ्गो लगाएका हुन् । यसअघि पोखरेल उम्मेदवार बन्दै आएको क्षेत्रमा उम्मेदवार नटुङ्गिँदा आगामी २१ फागु...