नेपाली कांग्रेसका पूर्व कार्यवहाक सभापति पूर्णबहादुर खड्काले आफूहरूले ‘रुख’ चुनाव चिन्हबाहेक अन्य विकल्पको कल्पनासमेत गर्न नसक्ने बताएका छन्। निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि आइतबार एक अपिल जारी गर्दै खड्काले नयाँ पार्टी खोल्ने वा स्वतन्त्र उम्मेदवार बन्ने भन्ने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन्। खड्काले भनेका छन्, ‘रुख चुनाव चिन्ह बाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिनँ। नयाँ पार्टी खोल्छन्, स्वतन्त्र उम्मेदवारको रुपमा उठ्छन् जस्ता बजारमा आएका गलत हल्लाहरुको पछि नला...