बालेनले बदले ‘लेन’

पाँच वर्ष मेयर बनेर महानगर सुधार्ने एजेण्डा अघि सारेर स्वतन्त्र चुनाव जितेका बालेन शाह साढे तीन वर्षमै पद छोडेर प्रतिनिधि सभातर्फ लम्किएका छन् । दलविहीन चुनाव लडेका उनी अब प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्दै छन् । उनले यो अवधिमा महानगरका सुधारका केही काम गरे तर केही वाचा अधुरै राखेर प्रधानमन्त्री बन्ने योजनासहित पद छोडेर हिँडेका छन् ।