रास्वपाको बन्दसूची संशोधन- खस आर्यतर्फ प्रसाईं, मधेसीतर्फ पुरुषोत्तम यादव पहिलो नम्बरमा

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको विवरणअनुसार रास्वपाको खस आर्य र मधेसी क्लस्टरको शीर्ष स्थानमा सूची संशोधन गरेको छ । रास्वपाले खस आर्य तर्फको पुरुष उम्मेदवारको पहिलो नम्बरमा अभियन्ता रमेश प्रसाईं (ताप्लेजुङ) लाई राखेको छ। यस्तै, मधेसी तर्फको पुरुषको पहिलो नम्बरमा पुरुषोत्तम सुप्रभात यादव (सिराहा) को नाम रहेको छ।