नेकपा बन्दसूची : खस आर्य पुरुषतर्फ पहिलो नम्बरमा परमेश हमाल, महिलातर्फ बलावती शर्मा

 निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक बन्दसूची अनुसार नेपाल कम्युनिष्ट पार्टीले खस आर्यतर्फको पुरुषको पहिलो नम्बरमा काठमाडौँका परमेश कुमार हमालको नाम समेटेको छ।  त्यस्तै, महिलातर्फको पहिलो नम्बरमा बागलुङकी बलावती शर्मा रहेकी छिन्। आयोगको विवरण अनुसार नेकपाले खस आर्य र आदिवासी जनजातिलाई प्राथमिकतामा राखेर ६७ जनाको सूची पेस गरेको छ। सूचीको दोस्रो नम्बरमा कास्कीकी दिल कुमारी पन्त र तेस्रो नम्बरमा गोरखाकी कमला नहर्की रहेका छन्।