स्पेनमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गयो, ७३ जना घाइते

स्पेनको दक्षिणी भागमा हिजो बेलुकी दुई वटा तीव्रगतिको रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ७३ जना यात्रु गम्भीर घाइते भएका छन् । बीबीसीका अनुसार दुर्घटना कोर्डोबा नजिकको आदामुज क्षेत्रमा भएको हो । मालागाबाट म्याड्रिडतर्फ जाँदै गरेको रेल हिजो बेलुकी स्थानीय समयअनुसार पौने ७ बजे पटरीबाट बाहिरिएको थियो । त्यही समयमा म्याड्रिडबाट ह्वेल्भातर्फ आउँदै गरेको अर्को रेलसँग ठोक्किदा दुवै रेल पटरीबाट बाहिर खसेका हुन् । एन्डालुसियन आपतकालीन सेवालाई उद्धृत गर्दै बीबीसीले उद्धारकर्मीहरूले डब्बाभित्र फसेका यात्रुहरूलाई ...