पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायत वस्तुको निर्यात उत्साहजनक रूपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलौँची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालू आवमा अलैँचीको निर्यात ५८ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले बताए । गत आवको साउनदेखि पुससम्ममा चार अर्ब ५५ करोड ७० लाख ६९ हजार मूल्य ब...