भारतलाई हराउँदै एकदिवसीय शृंखला न्युजिल्यान्डले जित्यो

काठमाण्डौ – न्युजिल्यान्डले तेस्रो तथा अन्तिम खेलमा भारतलाई ४१ रनले हराउँदै एकदिवसीय शृंखला जितेको छ । न्युजिल्यान्डले २–१ ले शृंखला आफ्नो पक्षमा पारेको हो । इन्दौरमा हिजो भएको खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ३७ रन बनायो । न्युजिल्यान्डका ड्यारिल मिचेलले १ सय ३७ रन र ग्लेन फिलिप्सले १ सय ६ रनको शतकीय पारी खेले । मिचेलले १ सय ३१ बलमा १५ चौका र ३ छक्का प्रहार गरे । यस्तै, फिलिप्सले ८८ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । भारतका विराट कोहलीले उत्कृष्ट ब्याटिङ गर्दै १ सय ...