झापा-५ बाट उम्मेदवारी दर्ताका लागि आज झापा आउँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेद्वारी मनोनयनका लागि आज झापा आउँदै छन्।   झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि आज विहान १०.२५ को जहाजबाट उनी भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ । पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनेछन् । यसैगरी ३ नं क्षेत्रका बारेमा पनि उनले भद्रपुरमै जानकारी लिने कार्कीले बताए ।   क्षेत्र नं २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लि...