नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले नेपाली कांग्रेसबाट नै चुनाव लड्ने घोषणा गरेका छन् । पार्टीको आन्तरिक विवादमा शेरबहादुर देउवापक्षमा उभिएका खड्काले रूख चिह्नबाहेक अरू कल्पना गर्न नसकिने बताएका हुन् । ‘म बीपी कोइरालालाई भगवान र आदर्श मानेर राजनीतिमा आएको हुँ । बीपी कोइरालाले जन्माउनुभएको रुख चुनाव चिह्न र चारतारे झण्डाबाहेक अन्यथा सोच्न वा कल्पना गर्न पनि मात्र होइन, हामी सबै सक्दैनौँ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन गर्ने बताउँदै संखुवासभाका ...