काठमाण्डौ – माघ लागेदेखि जाडो बिस्तारै कम हुन थालेको छ । बिहान बेलुका चिसै भए पनि दिउँसो घामले पोल्ने गरेको छ । बिहान र बेलुकाको समयमा पनि तापक्रम पहिलेकोभन्दा केही बढ्न थालेको छ । पुसको अन्तिम हप्ता काठमाण्डौको न्यूनतम तापक्रम २ डिग्री सेल्सियससम्म झरेकोमा त्यसपछि भने बढ्न थालेको हो । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ । देशका अरु ठाउँमा पनि तापक्रम केही बढेको छ । अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र स...