आजपाले काठमाडौं उपत्यकामा उम्मेदवार टुंगो लगायो

आम जनता पार्टी (आजपा)ले काठमाडौं उपत्यकाको १५ वटा निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । काठमाडौंको १०, ललितपुरको ३ र भक्तपुरको २ गरी १५ वटै निर्वाचन क्षेत्रमा आजपाले उम्मेदवार टुंगो लगाएको हो ।  काठमाडौंको कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले १५ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाउदै उम्मेदवारी दर्ताका लागि पार्टीबाट आधिकारिक पत्र समेत दिएको छ ।  काठमाडौं क्षेत्र नं. १ मा कमल सुवेदी, २ मा तिलक थापामगर, ३ मा रुपसागर उपाध्याय, ४ मा कमेश सिंह, ५ मा देव थापा, ६ मा सफलता बोग...