न्युजिल्यान्डले भारतमा पहिलोपटक ओडीआई सिरिज जितेर इतिहास रचेको छ । तेस्रो तथा अन्तिम खेलमा भारतलाई ४१ रनले हराउँदै न्युजिल्यान्डले ओडीआई सिरिज २-१ ले जितेको हो । भारतका विराट कोहलीको शानदार शतक बनाए पनि हार टरेन । न्युजिल्यान्डले पहिलोपटक भारतमा एकदिवसीय शृंखला जितेको हो । पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३३७ रनको विशाल स्कोर बनाएको थियो । तर, भारतीय टोली २९६ रनमा अलआउट भयो। न्युजिल्यान्डका ड्यारिल मिचेलले १३७ रन र ग्लेन फिलिप्सले १०६ रनको शतकीय इनिङ खेले । मिचेलले १३१ बलमा...