‘व्यक्तिगत चाहनाभन्दा राष्ट्रिय दायित्वले चुनावमा होमिएँ’ : डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले यो निर्णय व्यक्तिगत चाहनाभन्दा पनि राष्ट्रिय दायित्व र क्षेत्रप्रतिको जिम्मेवारीका आधारमा लिएको बताएका छन्। केही समयअघिसम्म निर्वाचन नलड्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने धारणा सार्वजनिक गरेका भट्टराईले अन्ततः आफ्नो अडान परिवर्तन गरेका हुन्। स्थानीय मतदाता, पार्टी कार्यकर्ता तथा विभिन्न क्षेत्रबाट आएको निरन्तर आग्रह र दबाबका कारण आफू पुनः चुनावी मैदानमा ...