पूर्वमन्त्री प्रदीप यादव एमालेमा प्रवेश

पूर्वमन्त्री प्रदीप यादव जनता समाजवादी पार्टी नेपाल परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पनि एमालेमा सामेल भएका छन्। जसपा नेपालसँग पार्टी एकीकरण भएको करिब २० दिनमै प्रदीपले पार्टी बदलेका हुन्। पर्सा क्षेत्र नम्बर १ बाट दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका प्रदीप २०७९ को निर्वाचनमा २२ हजार ५ सय ३७ मत ल्याएर विजयी भएका थिए। उनलाई आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा पर्सा–१ बाट उम्मेदवार बनाउने तयारी एमालेले गरेको ...