नेकपा एमालेले ताप्लेजुङ प्रतिनिधिसभा निर्वाचनका लागि क्षितिज थेवेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यससँगै उपमहासचिव योगेश भट्टराई यसपटक टिकटबाट वञ्चित भएका छन्। पार्टी सचिवालयको शनिबार बसेको बैठकले ताप्लेजुङको उम्मेदवारी टुंग्याउने जिम्मा नेतृत्वलाई दिएको थियो। त्यसपछि आइतबार अध्यक्ष केपी शर्मा ओलीले थेवेलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन्। सचिवालयका एक नेताका अनुसार उम्मेदवारको टुंगो शनिबार नै लागिसकेको थियो, सार्वजनिक मात्रै गरिएको थिएन। थेवे एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष हुन्। उनी ...