दलहरु प्रत्यक्षतर्फको उम्मेदवार टुङ्गो लगाउन व्यस्त

काठमाण्डौ – फागुन २१ गते हुने चुनावको लागि प्रत्यक्षतर्फ मनोनयन दर्ताको लागि १ दिन बाँकी रहँदा दलहरू उम्मेदवार टुङ्गो लगाउन व्यस्त भएका छन् । भोलि उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेकाले दलहरू टिकट बाँडफाँटमा केन्द्रित भएका हुन् । एमालेले धेरैजसो निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाइसकेको छ । १ सय ६५ निर्वाचन क्षेत्रमध्ये धेरैमा उम्मेदवार टुङ्गो लागिसकेको एमालेले जनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा एकलौटी गरेको भन्दै एमालेभित्र असन्तुष्टि बढेको छ । नेकपाले पनि धमाधम टिकट वितरण गरिरहेको छ । न...