निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि भाग खोजेपछि नेपाली कांग्रेसको टिकट वितरणमा ढिलाइ भएको छ । सभापति गगन थापालाई भेटेरै देउवा पक्षले भाग खोजेपछि टिकट वितरणमा ढिलाइ भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार कांग्रेसले हिजो (आइतबार) नै हिमाली र केही पहाडी जिल्लाको टिकट फाइनल गर्ने तयारी गरेको थियो । तर, देउवा पक्षले पनि भाग खोजेपछि हुन सकेन । स्रोतका अनुसार हिजै राति करिब २५ जिल्लाको टिकट टुंगो लगाएर सार्वजनिक गर्ने तयारी भएको थियो । तर, नाटकीय रूपमा देउवा समूहले टिक...