चुनावी सरगर्मी ह्वात्तै बढ्यो, देउवा पक्षको भने अदालततिर नजर

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– मंगलबार मनोनयन दर्ताको समय तोकिएसँगै चुनावी सरगर्मी ह्वात्तै बढेको छ।  दलहरुले धमाधम उम्मेदवारको टुंगो लगाइरहेका छन् ।  यसैबीच निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो ।  निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणम...