काठमाण्डौ – सर्वोच्च अदालतले काठमाण्डौ उपत्यकाका बागमती र यसका सहायक नदीका हकमा निर्धारित मापदण्डबाहेक दायाँबायाँ थप २० मिटर छाडेर मात्र नक्सा पास गर्नुपर्ने फैसला बदर गरेको छ । न्यायाधीशहरु सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले यसअघि २०८० साल पुस ३ गते सर्वोच्च अदालतले दायाँबायाँ २० मिटर छाडेर घर बनाउनुपर्ने फैसला हिजो उल्टाईदिएको हो । अदालतको यो फैसलासँगै नदी किनारा आसपास २० मिटर छाड्न नपर्ने भएको छ । ‘उल्लिखित थप २० मिटरभित्रको जग्गामा कानुनबमोजिम नक्सा पास गरी पहिले न...