अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले जितेको छ । रबातमा भएको फाइनलमा मोरोक्कोलाई १–० ले हराउँदै सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हो । निकै तनावपूर्ण र विवादित खेल निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समयको चौथो मिनेटमा पापे गुएयेले शक्तिशाली प्रहार गर्दै टोलीलाई निर्णयक अग्रता दिलाए । त्यही गोलले सेनेगललाई च्याम्पियन बनायो । फाइनलमा पेनाल्टी सदुपयोग गर्न नसक्दा मोरक्कोको ५० वर्षपछिको सपना अधुरै रह्यो । सन् २०३० को विश्वकप आयोजनाको तयारीमा रहेको मोरक्कोका...