गोरखाको सहिद लखन गाउँपालिका-१, बक्राङस्थित महेन्द्र शक्ति माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा विद्यालयका पूर्वविद्यार्थीहरूले वर्तमान विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका हुन् । आफ्नो शैक्षिक जग निर्माण गरिदिएको विद्यालयप्रतिको अगाध प्रेम र कृतज्ञता प्रकट गर्दै २१ जना पूर्व विद्यार्थीहरूको विशेष सक्रियतामा विद्यालयका ५० जना विद्यार्थीलाई 'न्यानो कपडा (स्वीटर)' उपहार स्वरूप प्रदान गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ...