नेकपा (माओवादी)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीका जिल्ला सेक्रेटरी तथा युवा नेता वीरेन्द्र सीलाई उम्मेदवार बनाउने भएको छ । जनसंघर्षबाट उठेका नेता वीरेन्द्र रुपन्देहीमा परिचित नाम हो । गरिब, सुकुम्बासी, श्रमिक तथा उत्पीडित वर्गको हकअधिकारका लागि निरन्तर आवाज उठाउँदै आएका उनी करिडोर पीडित आन्दोलन, मिटरब्याजी विरुद्धको संघर्ष, भूमिहीन र सुकुम्बासीका मुद्दा तथा सामाजिक अन्यायविरुद्धका अभियानमा अग्रपंक्तिमा उभिँदै आएका छन्। उनी जनताको दुःख, पीडा र समस्यालाई नजिकबाट...