खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् ।  कात्तिक ९ गते मन्त्री भएका गुप्ताले सोमबार राजीनामा दिएको उनको स्वकीय पंकज गोस्वामीले लोकान्तरलाई जानकारी दिए ।  'राजीनामाबारे प्रधानमन्त्रीज्यूलाई जानकारी दिइसकेका छौं,' उनले भने, 'जै स्वीकृत हुन्छ होला ।' पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो । यसअघि वर्तमान सरकार तत्कालीन ऊर्जा मन्त्री कुलमान घिसिङले राजीनामा दिएका थिए । सक्रिय राजनीतिमा सहभागी हुन उनले राजीनामा दिएका थिए ।