उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर बनेको पार्टीका नेता प्रदीप यादव र मोहम्मद इश्तियाक राईले एमालेबाट टिकट लिएका छन् । यादवले पर्सा १ र राईले बाँके ३ बाट टिकट पाएका हुन् । उनीहरूले हिजो राति एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिकट पाएका हुन् । यादव यसअघि २०७४ साल र २०७९ मा पर्सा १ बाट विजयी भएका थिए । राई भने २०७९ सालमा राप्रपाका धवलशमशेर राणासँग पराजित भएका थिए । यादव र राईसँगै वीरगञ्जका मेयर राजेनमान सिंह पनि एमाले प्रवेश गरेका एमाले सचिव महेश बस्नेतले जानकारी दिए । विगतमा शरतसिंह भ...