कांग्रेसले आज प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाउँदै

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज दिनभरमा उम्मेदवार छनोटको प्रक्रिया टुङ्ग्याइने बताउनुभएको छ । आज बिहान फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उहाँले पार्टीको आधिकारिक टिकट पाउने उम्मेदवारको पक्षमा मनमा कुनै गुनासो नराखी एकढिक्का भएर लाग्न पार्टी पंक्तिलाई अपिल गर्नुभएको छ । उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सभापति थापाले समयको चाप र कानूनी प्रक्रियाका कारण केही अप्ठ्यारो अवस्था आएको स्वीकार गर्नुभएको छ । यद्यपि, पार्टीभित्र नयाँ–पुरानो सन्तुलन, समावेशिता र सबैलाई न्याय हुने ...