स्वास्थ्य बीमा कार्यक्रममा उत्कृष्ट नमूनाका भरतपुर अस्पताल

चितवन – नेपालका ५ सय १० अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । जसमध्ये चितवनको भरतपुर अस्पताल स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनका हिसाबले सबैभन्दा उत्कृष्ट मानिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार बीमामा दक्ष जनशक्तिको टोली परिचालन गरिएको र प्रविधिको उच्चतम प्रयोग गरिएकाले सेवा प्रवाह प्रभावकारी भएको हो । अस्पतालका बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार साउन, भदौ र असोज तीन महिनाको विस्तृत अध्ययन गर्दा अस्वीकृत (रिजेक्सन) दर झन्डै दुई प्रतिशत मात्र रहेको छ । अस्पतालले दै...