डोरबहादुर विष्टको  ‘फेटालिजम एन्ड डेभलपमेन्ट’ पुन: प्रकाशन हुँदै

नेपालका मानवशास्त्रका पिता भनेर परिचित चर्चित मानवशास्त्री डोरबहादुर बिष्टको १०० औं जन्मोत्सवको अवसरमा उनको चर्चित पुस्तक ‘फेटालिजम एन्ड डेभलपमेन्ट’को नयाँ आवरण सार्वजनिक गरिएको छ ।  ललितपुरस्थित उनको घरमा आयोजित कार्यक्रममा बिष्टका छोरा केशरबहादुर बिष्टले आवरण लोकार्पण गरेका हुन् ।  बिष्टले घरमा भेला भएका शुभेच्छुकसँग भने, ‘राज्यले प्राध्यापक बिष्टको जन्मोत्सव मनाउनुपर्ने हो । राज्यले मनाउँदैन । त्रिभुवन विश्वविद्यालयले मनाउने गरेको थियो । सयपटक त्रिभुवन विश्वविद्यालयको कपाल दुःखेन । अब सम्पूर्ण...