फेरिएको चुनावी माहोल : रवि-बालेन जोडीलाई कुन रूपमा हेर्दैछ लुम्बिनी ?

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर नेपालका राजनीतिक पार्टीबीच तीव्र ध्रुवीकरण भइरहेको छ । विगतका निर्वाचनमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चर्चा/परिचर्चा हुन्थ्यो । तर, भदौ २३ र २४ को जेनजी आन्दोलनपछि राजनीतिक माहोल फेरिएको छ । बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेपछि चुनावी बहस थप तातेको छ । स्थापित राजनीतिक दलहरूको लामो विरासत र बलियो पार्टी संगठनलाई स्वतन्त्र उम्मेदवारका रूपमा उदाएका बाल...