'नेता होइन, जनतासँगै बसेर देशको सेवा गर्छु' भन्दै सुमना श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा

पूर्वमन्त्री तथा युवा नेत्री सुमना श्रेष्ठले आगामी निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेकी छन्। सोमबार एक भिडियो सन्देश जारी गर्दै उनले आफू यस पटकको निर्वाचनमा 'नेता'को पक्षबाट नभई 'जनता'कै बीचमा रहेर देशको सेवामा लाग्ने स्पष्ट पारेकी हुन्। श्रेष्ठले आफू कुनै पनि राजनीतिक दलको पद वा निश्चित निर्वाचन क्षेत्रमा बाँधिएर चुनाव लड्नुलाई आफ्नो आदर्श विपरित ठान्ने बताएकी छन्। उनले भनिन्, 'कुनै दलको जिम्मेवार पद वा निर्वाचन क्षेत्रमा गएर चुनाव लड्नु भनेको मेरो लागि आफ्ना आदर्शहरू गुमाउनु हो, जुन मबाट सम्भव छैन।...