धनराज बनेनन् उम्मेदवार, स्याङ्जामा कांग्रेसले दियो ढकाल र मल्ललाई टिकट

नेपाली कांग्रेसका निवर्तमान उपसभापति एवं सांसद धनराज गुरुङ स्याङ्जाबाट कांग्रेसको उम्मेदवार नबन्ने भएका छन् । कांग्रेसले स्याङ्जा १ मा भरतचन्द्र ढकाल र २ मा भागवत प्रसाद मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २०७९ सालको चुनावमा १ बाट राजु थापा र २ बाट कांगेसकै धनराज विजयी भएका थिए ।   धनराज पछिल्लो समय शेखर कोइराला निकट रहेर काम गरेका थिए ।