कांग्रेसले नुवाकोटको दुईवटै क्षेत्रमा उम्मेदवार टुंगो लगायो

नेपाली कांग्रेसले नुवाकोट जिल्लाका दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। जिल्लामा देखिएको आन्तरिक शक्ति सन्तुलनलाई ध्यानमा राख्दै पार्टीले केसी पक्ष र महत पक्षलाई एक–एक निर्वाचन क्षेत्र भाग लगाएर टिकट दिएको हो। कांग्रेसले क्षेत्र नम्बर १ मा पार्टीका नेता डाक्टर प्रकाश चरण महतलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ मा जगदीश्वर नरसिंह केसीलाई टिकट दिएको छ। लामो समयदेखि दुवै पक्षबीच देखिँदै आएको प्रतिस्पर्धा र आन्तरिक रस्साकस्सीका बीच पार्टीले सन्तुलनको नीति अपनाउँदै उम्मेदवार चयन गरेको बताइएको छ।