राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक आदर्श तथा सिद्धान्तमा फरक दृष्टिकोण भएका दलबीच हुने ध्रुवीकरणबाट देशले निकास नपाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले वैचारिक दृष्टिकोण निकट दलहरुबीच हुने एकता स्वभाविक भए पनि त्यसबाहेकको ध्रुवीकरणले समस्याको समाधान गर्न नसक्ने बताएका हुन् । अध्यक्ष लिङ्देनले पार्टी सङ्गठनलाई बलियो बनाएर चुनावमा विजयी गराउन नेता तथा कार्यकर्तालाई एकजुट हुन निर्देशन दिए । अधिवक्ता स्वागत नेपाल र पत्रकार गजेन्द्र बु...