दोलखामा नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि अजयबाबु सिवाकोटीलाई उम्मेदवार बनाएको छ। पार्टीले सिवाकोटीलाई टिकट दिएसँगै जिल्लामा उम्मेदवार चयनको विषय टुंगिएको छ। यहीबीच, प्रतिनिधिसभा निर्वाचन लड्ने उद्देश्यसहित आजै प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका कांग्रेस नेता कुन्दराज काफ्ने भने टिकट पाउन असफल भएका छन्। काफ्नेले प्रतिनिधिसभा निर्वाचनका लागि तयारी गर्दै प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका भए पनि पार्टीले उनलाई उम्मेदवार नबनाउने निर्णय गरेको हो। कांग्रेसले विभिन्न जिल्लामा उम्मेदवार चयन प्रक्रिया तीव्र बना...