कांग्रेसले ५० क्षेत्रमा उम्मेदवार टुंग्यायो, अहिले संसदीय बोर्डमा काठमाडौँ र मधेसका जिल्लाको छलफल

फागुन २१ गतेको निर्वाचनका लागि भोलि हुने मनोनयनका लागि उम्मेदवार छान्न कांग्रेस संसदीय बोर्डको बैठक बसिरहेको छ । सभापति गगन थापासहित पदाधिकारीहरू टिकट वितरणका लागि बैठक बसिरहेका छन् ।  सोमवार राति १० बजेसम्म झन्डै ५० क्षेत्रको टुङ्गो लागेको एक नेताले जानकारी दिए । काठमाडौँ उपत्यका र मधेस प्रदेशका जिल्लाका उम्मेदवारबारे छलफल चलिरहेको छ । शेरबहादुर देउवा समूहका नेतालाई समेत समेटेर सहमतिमा टिकट वितरण गर्ने प्रयास चलिरहेको छ । देउवा पक्षीय नेता प्रकाश शरण महतको नुवाकोट १ बाट टिकट पक्का भएको स्रोतले बतायो ।...