काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा मच्छिन्द्र फुटबल क्बलले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो बेलुकी भएको खेलमा मच्छिन्द्रले मनाङ मर्स्याङ्दीलाई २–१ गोलले हरायो । मच्छिन्द्रका सोनिस श्रेष्ठ र जोनाथन जोरिल्लाले समान १ गोल गरे । मनाङ मर्स्याङ्दीका विशेष लामाले १ गोल गरे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा...