नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार नबन्ने घोषणा गरेका छन् । देउवाको निजी सचिवालयले उनी उमेदवार नबन्ने जानकारी गराएको हो । 'शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उमेदवार नहुने जानकारी गराउँछु,' देउवाका स्वकीय सचिव भानु देउवाले भनेका छन् ।२०४८ सालदेखि डडेल्धुराबाट उम्मेदवार बन्दै आएका र सधैं जित्दै आएका देउवालाई अब निर्वाचन नलड्न सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अनुरोध गरेका थिए । तर, देउवाले भने अन्तिम पटक चुनाव लड्ने ...