ग्रीनल्याण्ड विवादका कारण युरोपेली देशमाथि अतिरिक्त कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएपछि युरोपेली सङ्घ (ईयू)ले अमेरिकासँग वार्ताबाट नै समस्याको समाधान खोज्न चाहेको बताएको छ । राष्ट्रपति ट्रम्पले शनिवार इयूका सदस्य राष्ट्रहरु डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्वीडेन तथा गैरसदस्य बेलायत र नर्वेलाई ग्रिनल्याण्ड अमेरिकालाई हस्तान्तरण नगरेसम्म थप कर लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । ईयू अर्थात् २७ दशको समूहका नेताहरूले आउँदो बिहिवार ब्रसेल्समा आपतकालीन शिखर सम्मेलन आयोजना गर्नेछन् र ट्रान्...