चुनावका लागि उम्मेदवारी दर्ताको दिन आजको मौसम कस्तो रहला ?

काठमाण्डौ – आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । चुनावी चहलपहल र सरगर्मी बढेसँगै देश चुनावमय भएको छ । आज मौसम पनि धेरै ठाउँमा सफा नै छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भागका थोरै ठाउँमा तुवाँलो लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा नै रहेको छ । आज दिउँसो तराई भागका केही ठाउँमा हुस्...