नवलपरासी २ मा कांग्रेसका २ उम्मेदवार, ​पूर्व मुख्यमन्त्रीको विद्रोह

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा उत्साहजनक रूपमा मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये लुम्बिनी प्रदेशका १२ जिल्लामा २६ वटा निर्वाचन क्षेत्र पर्छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित सबै दलले आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । लुम्बिनी प्रदेशबाट प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् ।...