‘पाँडे’ले नेतृत्व गरेको बालेनको मनोनयन दर्ता ‘भद्रगोल’!

झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचनको विषयलाई लिएर एक महिनाअघिबाटै राष्ट्रिय चर्चाको केन्द्रमा छ ।  यसको कारण हो; यो क्षेत्रबाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संसदीय निर्वाचनका लागि काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आमनेसामने हुनु । दुवै नेताले आफूलाई ‘भावी प्रधानमन्त्री’का रूपमा प्रस्तुत गरेका कारण पनि झापा ५ को माहोल निकै तातिएको छ । जुन मंगलबार भएको उम्मेदवारी मनोनयन दर्तामा पनि देखिय...