मनोनयनमा उत्साहजनक सहभागिता, अब अन्योल अन्त्य भयो : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उत्साहजनक रूपमा मनोनयन दर्ता भएकोमा खुसी व्यक्त गर्दै मुलुकबाट अब अन्योल र अनिश्चितताको अवस्था पूर्ण रूपमा अन्त्य भएको बताएकी छन्। मंगलबार उम्मेदवारी मनोनयन प्रक्रिया सम्पन्न भएपछि विशेष सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले यसलाई लोकतन्त्रको अर्को महत्वपूर्ण कोशेढुङ्गा भएको उल्लेख गरेकी हुन्। निर्धारित समयभित्र मनोनयन दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारप्रति उनले आभार व्यक्त गरेकी छन्। प्रतिनिधि सभाका १६५ पदका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेद...